Government of Nepal

Ministry of Agriculture and Livestock Development

National Agriculture Modernization Program

Program Implementation Unit

Jajarkot


विजय कुमार मण्डल

Office Chief

विजय कुमार मण्डल

नि. वरिष्ठ कृषि अधिकृत
9858085377
pmamp.piu.jajarkot2@gmail.com
कृष्ण प्रकाश वली

Information Officer

कृष्ण प्रकाश वली

कृषि अधिकृत
9762430444
prakasholi925@gmail.com
About Us

स्वदेशीसोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिमा २० बर्षे कृषि विकास रणनीतिको परिपुरकको रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत १० बर्षे प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना संचालन भएको छ । जस अन्तर्गत सुरुमा ७ वटा सुपर जोन (१००० हे.) ३० वटा जोन (५०० हे.) १५० वटा ब्लक (१०० हे.) १५०० वटा पकेट (१० हे.) गरी नेपाल अधीराज्य भर ७ सुपरजोन र ३० जिल्लामा जोन कार्यालय स्थापनाबाट शुरु भई हाल सुपरजोन १४ र जोन ६९ रहेका छन । जस मध्ये विषयगत रुपले हेर्दा सुन्तला जोन अन्तर्गत स्यांजा, गोरखा, सोलु, उदयपुर, नवलपरासी पुर्व, दैलेख, म्याग्दी र जाजरकोट पर्दछन । यस्तै स्यांजा जोन र सिन्धुली जुनार जोन लाई सुपरजोनमा स्तरोन्नती गरिएको छ । खासगरी राष्टिय प्राथामीकता र स्थानीय सम्भाव्यताका आधारमा तोकीएको पुर्वधारहरु जस्तै सडकको पहुच, विद्युतीकरण, सिंचाई, यातायात साधनको पहुच का आधारमा सुन्तला जात बाली न्यृनतम ५०० हे. क्षेत्रमा खेति गरीएको व्यवसायीक कृषी उत्पादन तथा प्रशोधन केन्द्रको रुपमा जोन कार्यालयहरुले कृषकहरुका लागी लाभान्वित गर्न जोन विकास कार्यक्रम संचालन गर्दै आएका छन । कृषी क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी जोनमा समावेश गरीएका बाली तथा बालीबस्तुको उत्पादन तथा उत्पादकतत्व बृद्धि गर्न जोन स्तरमा कृषी यान्त्रिकरण, कृषी पुर्वाधार विकास एवम व्यवसाय प्रवर्धन, सिँचाई तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषी आधुनिकिकरणको आधारशिला तयार गर्ने जस्ता उद्देश्य रहेका छन । साथै जोन विकास कार्यक्रम संचालनमा सहजिकरण गर्न स्थानिय जोन विकास कार्यक्रम संचालन समितीको व्यवस्था रहेको छ ।


View More

News/ Notices