| क्र.सं | सोधिएका प्रश्नहरु | उत्तरहरु |
|---|---|---|
| 1 | कार्यालयको उद्देश्य के हो? | १. प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने । २.निर्यात योग्य कृषि बस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने । ३.कृषि लाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने। ४.बहुसरोकारवाला निकायहरु बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने। |
| 2 | कार्यालयको परिचय दिनुहोस् | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना हो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, उत्पादनमा यन्त्रिकीकरण, प्रसोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना यस परियोजनाले गरेको छ । |
| 3 | कृषकले यस कार्यालय बाट के कस्ता सेवा सुविधा लिन पाइन्छ? | कृषकहरूले हाम्रो कार्यालय बाट ओखर, मौरी, सुन्तला जात फलफूल र दलहन खेती सम्बन्धी प्राविधिक ज्ञान, स्थलगत तालिम, बिरुवा वितरण, बगैंचा व्यवस्थापन, बाली संरक्षण ,मौरी गोला वितरण लगायत उत्पादन उपोरान्त प्रणालीमा अनुदान आदि |